एकैदिन पाँच लाखको अवैध लत्ताकपडा बरामद « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

एकैदिन पाँच लाखको अवैध लत्ताकपडा बरामद



काठमाडौं नेपाल प्रहरीले तीन जिल्लाका सीमा नाकाबाट बुधबार पाँच लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।


आज प्रहरीले रौतहटको ईशनाथ नगरपालिकास्थित पल्लुवा सीमाबाट चौरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरको अवस्थामा दुई लाख १६ हजार बराबरको कपडा बरामद गरेको एपीएफले बताएक छन । त्यस्तै बुधबार नै वीरगन्ज आउट पोस्टबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट विरगंजबाट खटिएको एपीएफ टोलीले एकलाख १७ हजार बराबरको लत्ताकपडा र भाँडावर्तन बरामद् गरेको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित ईनर्वा सीमा इलाकाबाट बरामद गरिएको हो । बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।

यता बाँकेको डुडुवा गाउँपालिका–६ कालाबन्जार सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको प्रहरीले जनाएको छ ।अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबन्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्