मापदण्ड विपरीत सञ्चालन भएका ६ वटा औषधी पसल बन्द « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

मापदण्ड विपरीत सञ्चालन भएका ६ वटा औषधी पसल बन्द



काठमाडौं । सरकारले औषधि पसलसञ्चालनको लागी तोकिदिइको मापदण्ड विपरित सञ्चालन भएका बाराको महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा सञ्चालित ६ वटा औषधी पसल तथा क्लिनिक बन्द भएका छन ।


नेपाल सरकारले औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नभएक्का ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जानकारि दिएको छ ।

बन्द हुनेमा प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल रहेका छन ।

जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगञ्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले बिहीबार बरियारपुर बजारमा अनुगमन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्