अजोड इन्स्योरेन्सको सञ्चालकमा अर्याल नियुक्त « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

अजोड इन्स्योरेन्सको सञ्चालकमा अर्याल नियुक्त



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको रिक्त सञ्चालक पदमा कल्याणबन्धु अर्याललाई नियुक्त गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई आगामी बार्षिक साधारणसभा सम्मको बाँकी कार्यकाल सञ्चालक पदमा नियुक्त गरेको हो ।

कम्पनीको आज बसेको ८० औं बैठकले अर्याललाई सञ्चालकमा नियुक्त गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले नेप्सेले लेखेको पत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्