नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने « Arthapath.com
७ पुष २०७७, मंगलवार

नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ को कमाईबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी कूल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्