कञ्चनपुरका विद्यार्थीले भीम रावललाई लखेटे « Arthapath.com
१२ पुष २०७७, आईतवार

कञ्चनपुरका विद्यार्थीले भीम रावललाई लखेटे



काठमाडौं । नेकपा कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न दलबलसहित पुगेका नेकपाका नेता भीम रावललाई विद्यार्थीहरूले लखेटेका छन् ।

नेता भीम रावलको उपस्थितिमा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेसँगै अनेरास्ववियुका विद्यार्थीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेर रावललाई लखेटेका हुन् भने कार्यक्रम पनि विथोलिदिएका हुन् ।

तालाबन्दीपछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा अहिले झडपको अवस्था छ। ओली पक्षका कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा लगायतले अहिले पार्टी कार्यालय कब्जामा लिइरहेको छ । कार्यालय कब्जा भएसँगै रावलको कार्यक्रम भाँडिएको छ ।


प्रतिक्रिया दिनुहोस्