शुक्रबार सुनको मूल्य ४ सयले बृद्धि, सातामा २ सयले मात्रै बढ्यो « Arthapath.com
१७ पुष २०७७, शुक्रबार

शुक्रबार सुनको मूल्य ४ सयले बृद्धि, सातामा २ सयले मात्रै बढ्यो



काठमाडौं । साताको अन्तिम दिन शुक्रबार छापावल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । शक्रबार तेजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका छ ।

बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय रुपयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावल सुनको मूल्य ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँका कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य ७ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनचाँदीको मुल्य स्थिर रहेर छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मुल्य पनि स्थिर रहेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मुल्य पनि स्थिर रहेर तोलामा १२ सय ८० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्