नेप्से १५ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा, ६ अर्ब २१ करोड बढीको कारोबार « Arthapath.com
७ माघ २०७७, बुधबार

नेप्से १५ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा, ६ अर्ब २१ करोड बढीको कारोबार



काठमाडौं ।बुधबार नेप्से सूचक दोहोरो अंकले बढ्दा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ को अंकमा पुगेर कीर्तिमान कायम गरेको हो । बन्द भएको छ । बुधबार दिनभरिमा २ सय ११ सय वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ । नेपाल लाइफको ६१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । वेष्ट फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाए भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९३ का दरले कमाए ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाए भने कामना सेवा विकास बैंकका लगानीकर्ताले ३.८२ प्रतिशतका दरले गुमाए ।


प्रतिक्रिया दिनुहोस्