कोरोना संक्रमणका कारण विदेशमा थप नौ जनाको ज्यान गयो « Arthapath.com
११ माघ २०७७, आईतवार

कोरोना संक्रमणका कारण विदेशमा थप नौ जनाको ज्यान गयो



काठमाडौं । कोराना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो ।


गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै कोरोना भाइरसबाट २० देशमा गरेर ३ सय २७ जनाको ज्यान गएको छ ।

त्यसैगरी शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोना संक्रमण निको भएका छन ।

यस्तैगरि कोरोना भाइरसका कारण नेपालमा एक हजार ९ सय ९४ ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्