सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले घट्यो, अन्य सूचक यस्ता छन् « Arthapath.com
१५ माघ २०७७, बिहीबार

सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले घट्यो, अन्य सूचक यस्ता छन्



काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९१ करोड ८७ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत बर्षको यस अवधिमा अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनमा यस बर्ष १०.५० प्रतिशत नाफा घटेको हो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ६९ लाख ३७ हजार रुपैयाँ छ । बैंकको चुक्तापूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत र सञ्चालन नाफा ९ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी आम्दानी १८.८२ रुपैयाँ रहेको छ । गत आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २१.०३ रुपैयाँ रहेकोमा चालू आवमा भने घटेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १८७.२० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्