कोरोना संक्रमण्मबाट विदेशमा थप तीनजना नेपालीको ज्यान गयो « Arthapath.com
१८ माघ २०७७, आईतवार

कोरोना संक्रमण्मबाट विदेशमा थप तीनजना नेपालीको ज्यान गयो



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको ज्यान गएको छ ।


गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा तीनजना नेपालीको ज्यान गएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ३० पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन ।


प्रतिक्रिया दिनुहोस्