आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप « Arthapath.com
२६ माघ २०७७, सोमबार

आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप



काठमाडौं । आजबाट पत्रकार र कुटनीतीक नियोगका कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोभिशिल्ड खोप आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिईने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो । खोप सिभिल अस्पताल नयाँ बानेश्वरबाट दिईने बताईएको छ ।

पहिलो चरणमा कोभिशिल्ड खोप नेपालका एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरे लगत्तै विभिन्न स्थानबाट खोप लगाउन सुरु गरिएको थियो ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने चिकित्सकहरुले बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्