दुई सातामा सवा २ लाखले नयाँ डिम्याट खाता खोले, डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

दुई सातामा सवा २ लाखले नयाँ डिम्याट खाता खोले, डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो



काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । ब्रोकर कार्यालयदेखि बैंकहरूमा डिम्याट खाता खोल्नेको लाइन लाग्ने गरेको छ । माघ महिनाको ३० गते २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा ९७ हजार ९९० ले बढेर २८ लाख ७३ हजार २७९ पुगेको थियो ।

माघ ३० गतेदेखि फागुगन १६ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने २ लाख १५ हजार २३५ जनाले नयाँ डिम्याट खाता खोलेका छन् । फागुन १६ गतेसम्मको तथ्याङ्क अनुसार २९ लाख ९० हजार ५२४ जनाले डिम्याट एकाउण्ट खोलेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यो संख्या हेर्ने हो भने दुइ सातामा सवा २ लाखले एकाउण्ट खालेका हुन् ।

नेपाल पूर्वाधार विकास बैंकको आईपीओ सबैलाई परेको कारण यसमा थप आकर्षण देखिएको हो । पूर्वाधार विकास बैंकको आईपीओ भर्ने जति सबैलाई ५० देखि ६० कित्ता परेकोमा यसको सेयर मूल्य एक सातामै ६ गुणा बढिसकेका कारण पनि परिवारका सबै व्यक्तिको नाममा आईपीओ भर्नका लागि डिम्याट खोल्न दौडधूप चलेको हो ।


प्रतिक्रिया दिनुहोस्