ज्योति लाइफको आईपीओमा पहिलो दिनमै करिब ३ लाख जनाले आवेदन दिए « Arthapath.com
२२ फाल्गुन २०७७, शनिबार

ज्योति लाइफको आईपीओमा पहिलो दिनमै करिब ३ लाख जनाले आवेदन दिए



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमा २ लाख ८८ हजार ५५५ जनाले आवेदन दिएका छन् । पहिलो दिनमा ७३ लाख ८५ हजार ५९० सेयर कित्ताका लागि ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ संकलन भएको सिडीएससीले जनाएको छ । यो माग भन्दा १.५ प्रतिशतले बढि हो ।

कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्