महिला लघुवित्तको आईपीओ शुक्रबारसम्म सूचिकृत गरिने, ओपनिङ्ग रेञ्ज ३१३.१६ देखि ९३९.४८ रुपैयाँ! « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

महिला लघुवित्तको आईपीओ शुक्रबारसम्म सूचिकृत गरिने, ओपनिङ्ग रेञ्ज ३१३.१६ देखि ९३९.४८ रुपैयाँ!



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) को नेप्सेमा सूचिकृतको अन्तिम चरणमा रहेको छ । संस्थाको आइपीओ सूचिकृत भएमा लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६–०७७ को प्रतिसेयर नेटवर्थ ३१३ रूपैयाँ १६ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ९३९ रुपैयाँ ४८ पैसा हुन्छ ।

संस्थाको आइपीओ यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार लगानीकर्ताको खातामा आइपीओ जम्मा हुने र शुक्रबारसम्म नेप्सेमा सूचिकृत गर्ने छ भने अर्काे सातादेखि कारोबार गर्ने तयारी छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो । जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले पाएका थिए । लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर कित्ताको लागि आवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्