नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त « Arthapath.com
९ चैत्र २०७७, सोमबार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा भएपछि देब कुमार ढकाललाई प्रवक्तामा नियुक्त गरिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रवक्तामा देब कुमार ढकाललाई नियुक्त गरिएको हो ।

राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल राष्ट्र बैंकका २५ वर्ष लामो अनुवभ, विभिन्न विभागीय प्रमुखका साथै, साढे २ वर्षदेखि नियमन विभागका प्रमुख रहेको छन् ।

यस अघि प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।


प्रतिक्रिया दिनुहोस्