प्रत्येक आइपीओ निष्काशन गर्दा सिस्टममा समस्या, मेरोसेयर नचल्दा लगानीकर्तालाई सकस « Arthapath.com
९ चैत्र २०७७, सोमबार

प्रत्येक आइपीओ निष्काशन गर्दा सिस्टममा समस्या, मेरोसेयर नचल्दा लगानीकर्तालाई सकस



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स आईपीओ फागुन २३ गते आइतबारबाट निष्कासन हुने भनिएको थियो । तर सीडीएससीले धितोपत्र कारोबार हुने दिन ‘मेरोसेयर’ लोड पर्ने भन्दै यो आईपीओ निष्काशन मिति २ दिनअगाडि सार्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडलाई आग्रह गरेको थियो । सोहीअनुसार एनएमबी क्यापिटलले ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ २ दिनअगावै अर्थात् फागुन १९ गतेबाट निष्काशन गरेको थियो । तर, ज्योति लाइफको आइपीओमा अन्तिम दिन सिस्टममा समस्या आउँदा अधिकांश लगानीकर्ताले आवेदन दिन नै पाएन ।

यो समस्या निरन्तर आउने गरेको छ । त्यस्तै, सीडीएससीको ‘मेरोसेयर’ नचल्दा चैत्र ६ गतेदेखि निष्काशन गरिएको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आईपीओ भर्न लगानीकर्ताहरूलाई सकस भएको छ । सोमबार मेरो सेयर सफ्टवेयरमा समस्या आएपछि सिंगटी हाइड्रोको आइपीओमा आवेदन दिन लगानीकर्तालाई समस्या परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सिस्टममा समस्या आएको हो ।

मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएसँगै लगानीकर्ताहरुलाई प्राथमिक सेयर (आईपीओ) भर्न समस्या परेको हो । सिंगटी हाइड्रो इनर्जीको आईपीओ भर्ने दिन मंगलबारसम्म मात्र रहेको छ । मेरो सेयर सफ्टवेयरमा समस्या आएसँगै लगानीकर्ताले सास्ती बेहोर्नु परेको छ । अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भएको सीडीएसले जनाएको छ । मेरोसेयरमा देखिने बारम्बारको समस्याको दीर्घकालिन समाधान गर्नुपर्नेमा सीडीएस, नेप्से र धितोपत्र बोर्ड यस विषयमा गैरजिम्मेवार देखिएकोमा लगानीकर्ताहरू आक्रोशित छन् ।


प्रतिक्रिया दिनुहोस्