घरमा खानाको क्षणहरुलाई यादगार बनाउन उपभोक्ताहरुलाई कोका कोलाको विशेष अफर « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

घरमा खानाको क्षणहरुलाई यादगार बनाउन उपभोक्ताहरुलाई कोका कोलाको विशेष अफर



काठमाडौँ । नेपालको सबैभन्दाबढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा“घरमा स्पेशलखानाको सानो ट्रिट” ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ ।

उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा २५० मिलीलिटरप्याकको निःशुल्क प्राप्त गरेको छ । यो प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको छ ।

कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ ।कोका–कोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ । यो अफर सीमित अवधि को लागी मात्र उपलब्ध छ । यस अफर बिनाका स्टकहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशनल प्याकको जानकारी हेर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्