आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Arthapath.com
२ बैशाख २०७८, बिहीबार

आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विहिबार आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले कम्पनिको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । समायोजन भएसंगै कम्पनिको शेयरमूल्य प्रतिकित्ता १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।

हिजो इन्स्योरेन्सको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । गत मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।कम्पनीले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश सहित कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो । कम्पनिको बैशाख १२ गते बसेको बैठकले उक्त प्रस्ताव पारीत गरेको थियो ।

यो संगै कम्पनिको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार पुगेको छ । ७ प्रतिशत बोनस शेयर र सोपश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनिको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्