भायानेटले ल्यायो सुपर स्पीड इन्टरनेटका साथ भायानेट स्पीडीअफर « Arthapath.com
२ बैशाख २०७८, बिहीबार

भायानेटले ल्यायो सुपर स्पीड इन्टरनेटका साथ भायानेट स्पीडीअफर



काठमाडौं । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो ।

आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्नको लागि भायानेटले अब ल्याएको छ भायानेट स्पीडी अफर, जसमा ग्राहकले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन ।

भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्नेछन ।

त्यस माथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिन्छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्