थप ५ सय ३४ जनामा कोरोना संक्रमण, ५ जनाले ज्यान गुमाए « Arthapath.com
२ बैशाख २०७८, बिहीबार

थप ५ सय ३४ जनामा कोरोना संक्रमण, ५ जनाले ज्यान गुमाए



काठमाडौं। विहिबार नेपालमा कोरोनाका थप ५ सय ३४ जना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ ।

जसमा काठमाडौं उपत्यकाका एक सय ९६ जना संक्रमित छन । जसमा थपिएका काठमाडौंका १ सय ४५, ललितपुरका ४३ तथा भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षणबाट ४ सय ९० तथा ५ सय ६४ जनाको एन्टिजेन परीक्षणबाट ४४ गरी ५ सय ३४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तैगरी आज थप ५ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ ।हलसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्