रु रु को आईपीओे बाँडफाँड, १५ लाख ५२ हजारभन्दा बढीको हात खाली, ७ जनाले पाए ११ कित्ता « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

रु रु को आईपीओे बाँडफाँड, १५ लाख ५२ हजारभन्दा बढीको हात खाली, ७ जनाले पाए ११ कित्ता



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड भएको छ । रु रु जलविधुतको आईपीओ आज बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओका लागि २ करोड ३३ लाख ७७ हजार २२० कित्ता पाउन १६ लाख ८३ हजार १२१ आवेदकले आवेदन लिएका थिए । जसमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिनेमा १५ लाख ९० हजार ८९६ आवेदक छन् । उनीहरुबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन परेको थियो । योमध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत् पाएका छन् ।आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजारभन्दा बढीको हात खाली भएको छ । बाँकी रहेको कित्ता बाँडफाँटका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनिको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आईपीओमा ६२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://iporesult.cdsc.com.np/

https://nmbcl.com.np/shareallotment

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)


प्रतिक्रिया दिनुहोस्