शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढ्यो, तोलामा ९० हजार नाघ्यो « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढ्यो, तोलामा ९० हजार नाघ्यो



काठमाडौं । शुक्रबार सुन तोलामा ७ सयले बढेको छ । नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्य लगातार उकालो लाग्न थालेको छ । आज छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ७ सयले बढेसंगै चादीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएके थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२९० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँ प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा स्थिर रहेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्