माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वागेश्वरी मन्दिरमा « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वागेश्वरी मन्दिरमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने अभियान संचालन गरिरहेको माछापुच्छे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यु.आर. कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आज नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्यु.आर. कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । साथै उनले क्यु.आर. कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने बताए ।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यु.आर.कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिएका थिए ।उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो ज्यूले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उक्त औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्युआर कोड बारेमा प्रकाश पारेका थिए ।


प्रतिक्रिया दिनुहोस्