राष्ट्रिय सहकारी बैंकले गर्र्यो संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

राष्ट्रिय सहकारी बैंकले गर्र्यो संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ ।

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ÷संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ । सदस्य संघ/सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

बचत र कर्जा कारोबार गर्ने १२,०४६ सम्पूर्ण संघ/संस्थाहरु आ.व. २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ रु ४३,०४,००० सम्म र कर्जा तर्फ रु. १२,१८,००० सम्म प्राप्त गर्न सफल भएका छन् । रु.५०,००० भन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ५४९ रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई आ.व. २०७६/०७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरि १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघसंस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्