आइतबार एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि,सबैभन्दा धेरै उपत्यकामा ४३५ थपिए « Arthapath.com
५ बैशाख २०७८, आईतवार

आइतबार एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि,सबैभन्दा धेरै उपत्यकामा ४३५ थपिए



काठमाडौँ । आएतबार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको हो ।


जसमा काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्