रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
६ बैशाख २०७८, सोमबार

रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त



कठमाडौं । रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।मिति २०७८ बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड बिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ ।

रु रु जलविद्युत परियोजनाको तर्फ बाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फ बाट नायव प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन ।उक्त कार्यक्रम एक समारोहका बिच रु रु जलविद्युत परियोजनाको केन्द्रिय कार्यालय हत्तिसार काठमाण्डौंमा सम्पन्न भएको छ ।

रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३अन्र्तगत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।रु रु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्राररहेको कम्पनीहरुका ेसङ्ख्या ४७ पुगेको जानकारी गराइन्छ ।


प्रतिक्रिया दिनुहोस्