तातोपानी आईपुग्यो १८ हजार थान अक्सिजन सिलिण्डर « Arthapath.com
२ जेष्ठ २०७८, आईतवार

तातोपानी आईपुग्यो १८ हजार थान अक्सिजन सिलिण्डर



काठमाडौं । चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।

उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारीछन ।

तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरलाई काठमाडौं ल्याउनका लागि काम भइरहेको पाण्डेले बताएका छन् । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस् भनेर सिलिण्डरहरू नेपाललाई दिएको छ ।


प्रतिक्रिया दिनुहोस्