नेपालसहित एसियाका १६ देशलाई करिब ७० लाख खोप उपलब्ध गराउने अमेरिकाको घोषणा « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

नेपालसहित एसियाका १६ देशलाई करिब ७० लाख खोप उपलब्ध गराउने अमेरिकाको घोषणा



काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसहितका एसियाका १६ देशलाई कोभिड–१९ विरुद्धको झन्डै ७० लाख खोप डोज उपलब्ध गराउने घोषणा गरेको छ ।

आज अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एक विज्ञप्ति जारी गदै नेपाल लगायत एसियाका १६ देशलाई करिब ७० लाख खोपको डोज उपलब्ध गराउने जनाएको छ ।

खोप प्राप्त गर्नेमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्ड रहेका छन ।कुन देशले कति परिणममा खोप प्राप्त गर्नेछन भन्नेकुरा निर्णय हुन बाकि रहेको अमेरिकाका संचार माध्यमले जनाएका छन ।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गरि नेपाल कोरोना महामारीसंग जुधिरहेकोले खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्