हिमाल दोलखा हाइड्रोपावरले ११ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गर्यो « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

हिमाल दोलखा हाइड्रोपावरले ११ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गर्यो



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ ।

योसँगै कम्पनीको कुल आम्दानी ९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ९ करोड ४१ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने कम्पनीको शेयरधनी कोष २२ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९ पैसा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्