निषेधाज्ञा खुकुलो बनाउँदै सरकार, उपत्यकामा जोर विजोर लागु हुने « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

निषेधाज्ञा खुकुलो बनाउँदै सरकार, उपत्यकामा जोर विजोर लागु हुने



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसंगै नियन्त्रण तथा रोकथामका लागि सरकारले ७५ जिल्लामा जारी गरेको निषेधाज्ञाको समिक्षा गर्न गुह मन्त्रालयले थालेको छ । कोरोना संक्रमित हुनेको दर घट्न थालेसंगै अब निषेधाज्ञा केहि खुकुलो गदै लान पर्ने गुहका अधिकारीहरुले बताएका छन । निषेधाज्ञा खुकुलो बनाउनका लागि अहिले गुह मन्त्रालयले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग छलफल गरीरहेको मन्त्रालय स्रोतले जनाएको छ । गुहले स्वास्थ्य मन्त्रालयसंग पनि छलफल गरेर लकडाउनलाई थप खुकुलो बनाउने छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तमा सकिएपछि जोर विजोर लागु हुने स्रोतले जनाएको छ । सार्वजनिक सवारी साधन भने तत्काल संचालन नगर्ने र अरु सवारीमा जोर विजोर प्रणाली लागु गरिने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन ।उनका अनुसार जेठ मसान्त पछि थप भएको निषेधाज्ञामा कुन कुन क्षेत्रमा खुकुलो बनाउने छलफल भइरहेको र स्वास्थ्य मन्त्रालयसंग पनि छलफल गरेर निर्णय हुनेछ ।

कोरोना संक्तमणको अवस्था हेरेर प्रत्येक जिल्लामा निषेधाज्ञा गर्ने अधिकार गुह मन्त्रालयले जिल्ला प्रशासन कार्यलयलाई दिएको थियो । सोहि अनुसार हाल देशका ७५ जिल्लामा निषेधाज्ञा लगाईएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्