सोमबार ५१४७ जना संक्रमणमुक्त भए, थप २९१८ जनामा कोरोना संक्रमण « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

सोमबार ५१४७ जना संक्रमणमुक्त भए, थप २९१८ जनामा कोरोना संक्रमण



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ४७ जना कोरोना संक्रमण निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ ।

पछिल्ल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६५ रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्