मंगलबार थप १६८१ जनामा कोरोना, थप ४१८७ जना संक्रमणमुक्त भए « Arthapath.com
१ असार २०७८, मंगलवार

मंगलबार थप १६८१ जनामा कोरोना, थप ४१८७ जना संक्रमणमुक्त भए



काठमाडौं । आज मंगलबार १ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको सख्या ६ लाख १२ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी वितेको २४ घण्टामा ४ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्तणमुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । हाल देशभर ६३ हजार २ सय ५७ जना संक्रिय संक्रमित रहेका छन । त्यसैगरी ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्