नागरिक लगानी कोषका बचतकर्तालाई १ प्रतिशत प्रतिफल प्रदान गरिने « Arthapath.com
१५ असार २०७८, मंगलवार

नागरिक लगानी कोषका बचतकर्तालाई १ प्रतिशत प्रतिफल प्रदान गरिने



काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको कम्पनिले जनाएको छ ।

यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताएका छन ।

यसबाट सहभागीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पु¥याउने कोषले जनाएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरेको कम्पनिले जनाएको छ । कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ । त्यसैगरी नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्