कोरोनाको तेस्रो लहर नआउँदै अर्थतन्त्रमा देखिन थाल्यो प्रभाव, तीन महिनापछि फेरि महँगिन थाल्यो डलर « Arthapath.com
१७ असार २०७८, बिहीबार

कोरोनाको तेस्रो लहर नआउँदै अर्थतन्त्रमा देखिन थाल्यो प्रभाव, तीन महिनापछि फेरि महँगिन थाल्यो डलर



काठमाडौं । अमेरिकी डलरको भाउ पछिल्लो एक महिनामा करीब ३ रुपैयाँ महँगिएको छ । ठीक एक महिनाअघि १ डलरको सटही दर ११६.४८ रुपैयाँ रहेकोमा अहिले ११९.२३ रुपैयाँ पुगेको छ । यसबीचमा अन्य परिवत्र्य विदेशी मुद्राको भाउ खासै नबदलिए पनि ‘ग्रीनब्याक’मा भारी बृद्धि भएको हो ।

एसियाली मुलुकका मुद्रा डलरको तुलनामा केही सस्तिएका छन् । यसमध्ये भारतीय रुपये सबैभन्दा बढी सस्तिनेमध्येमा पर्छ । कुवेत र बहराइनजस्ता मुलुकको मुद्रा पनि सस्तिएका छन् । उता अमेरिकी डलरको भाउ भने अन्तरराष्ट्रिय बजारमै बढिसरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने र यसले एसियाली मुलुकहरुको आर्थिक गविधिलाई प्रभावित पार्ने आशंकामा यहाँको लगानी मनोबल खस्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा पछिल्लो समय सेयर बजारको लगानी फिर्ता गर्ने प्रबृत्ती बढेको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई खोप लगाइरहेको र उसले पर्याप्त खोप लगाउने प्रयास गरिहेको छ । अधिकांश युरोपेली मुलुकले पनि खोप लगाइसकेका छन् । यसले पश्चिमाहरुको लगानी मनोबल बढेर गएपछि तीन महिनायता सस्तिँदै आएको अमेरिकी मुद्राको भाउ अहिले एक्कासी बढ्न थालेको हो ।

कोभीड महामारीको सम्भावित तेस्रो लहरले पार्ने अशरबाट त्रसित हुँदै विदेशी लगानीकर्ताले भारतमा हरेक दिन १५-१६ अर्ब भारु बराबरको शेयर लगानी फिर्ता तान्दै छन् । यसले भारतमा डलरको भाउ चर्किन थालेको छ ।

उता, संसारका प्रमुख तेल उत्पादक राष्ट्रहरुले मिलेमतोमा भाउ बढाए पनि पुनः महामारीको तेस्रो लहर आउने देखेपछि अहिले तेलको भाउ घट्न थालेको छ । यसको असर पनि डलरमा परेको छ । यी सबै कारणले भारुसँग स्थिर विनिमय दर कायम भएको नेपाली मुद्रा पनि सस्तिन थालेको हो ।


प्रतिक्रिया दिनुहोस्