सामाजिक सुरक्षा कोष विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले सर्वाेच्चमा दर्ता गरेको रिटको पूर्ण पाठ « Arthapath.com
२२ असार २०७८, मंगलवार

सामाजिक सुरक्षा कोष विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले सर्वाेच्चमा दर्ता गरेको रिटको पूर्ण पाठ



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलित कर्मचारीहरुले अदालतमा मुद्धा दर्ता गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषका विरुद्ध आन्दोलन गरिरहेका बेला सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुले आफूहरुका मागहरु सम्वोधन नगरेका भन्दै कोषका विरुद्ध रिट दायर गरेका हुन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा दायर गरेको रिटको पेशी आज तोकिएको छ ।

सामाजिक सुरक्षा कोषले बैंकर्स संघलाई लेखेको पत्र, कोषमा आउँनको लागि बाध्य पार्ने गरि कोषले जारि गरेको सूचना, बदर गर्नको लागि आदेश दिन माग गरिएको छ । त्यस्तै बैंक त्तहा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा जान जबर्जस्ती नगर्न, सेवा सुविधा रोज्ने अधिकार कर्मचारीलाई नै दिन र सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउन निर्देशनात्मक आदेशको माग गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई गरिएको विभिन्न कारवाही बदर गर्नको लागि आदेश माग गरिएको छ ।

वित्तीय क्षेत्रका कर्मचारी सर्वोच्चमा विभिन्न २४ वटा बुँदामा कोषमा आवद्धता हुन नसक्नु कारण खुलाउँदै आफ्ना मागहरु राखेको छ । रिटमा वित्तीय क्षेत्रका कर्मचारीले विपक्षीहरुबाट गैरकानुनी कार्य तथा पेशा व्यावसायको हकलाई प्रतिकूल असर पार्ने कार्य गरेको उल्लेख गरेका छन् । कर्मचारीले खाइपाइ आएको सेवा सुविधालाई कटौती हुने गरी कोषले गरेको प्रवधानलाई संशोधन नभएसम्म वित्तीय क्षेत्रका कर्मचारीलाई सूचीकृत नगाउनु पर्ने रिटमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्