एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव « Arthapath.com
२८ असार २०७८, सोमबार

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव



काठमाण्डौं । एनएलजी इन्स्योरेन्सले १५ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले श्रावण २१ गते १५ औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारीत गर्ने छ । त्यसैगरी सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकुत प्रदान गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि श्रावण १४ गते १ दिनका लागि इन्स्योरेन्सले बुक क्लोज गर्ने छ । साधारण सभा कम्पनिको रजिष्ट्राड कार्यलय पानिपोखरी काठमाडौंमा हुने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्