देउवा नेतृत्वको सरकारमा माओवादीबाट ३ जना मन्त्री बन्ने « Arthapath.com
२९ असार २०७८, मंगलवार

देउवा नेतृत्वको सरकारमा माओवादीबाट ३ जना मन्त्री बन्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्रले मन्त्रहिरुको नाम छनौट गरेको छ । नव नियुक्त प्रधानमन्त्री देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनतासमाज पाटीको गठबन्धनको सरकार बन्ने छ । माओवादी केन्द्रले देउवा नेतृत्व सरकारका लागी ३ जनाको नाम दिने तयारी गरेको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंग्गो लगाएको हो ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हुनेको नाम टुंगो लागेको स्रोतले बताएको छ । माओवादीबाट पम्फा भुसाल, देव गुरुङ र जनार्दन शर्मालाई मन्त्री बनाउन नाम पठाएको स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्डले ३ जनाको नाम दिए पम्फा भुसाललाई मात्र मन्त्री पदको सपथ खुवाउन सकिने सम्भावना छ । आज प्रधानमन्त्री देउवाले सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएकाले अन्यको भने एकिन हुन सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्