ओली सरकारबाट आउट भएसँगै ज्वाला संग्रौलालगायत ३ जना रिहा « Arthapath.com
२९ असार २०७८, मंगलवार

ओली सरकारबाट आउट भएसँगै ज्वाला संग्रौलालगायत ३ जना रिहा



काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजिनामा दिएसँगै ज्वाला संग्रौलासहित ३ जना रिहा भएका छन् । ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवालाई आज रिहा गरेको हो । उनीहरुलाई असार ६ गते पक्राउ गरेको थियो ।

प्रहरी हिरासतभित्र कुटपिट गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई ज्वाला र शर्मिलालाई तारेखमा र हिमाल उपाध्यायलाई १ लाख धरौटीमा छुटेको प्रहरी स्रोतले जनाएको छ ।

केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आक्रमण गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्