लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा भट्टराई नियुक्त, आजैदेखी कार्यभार सम्हाल्ने « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा भट्टराई नियुक्त, आजैदेखी कार्यभार सम्हाल्ने



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन । असार ३० गतेबाट नियुक्ती पाएका भट्टराईले आज शुक्रबारबाट आफ्नो कार्यभार सम्हाल्दै छन ।

युनाईटेड इन्स्योरेन्स कम्पनीको कामु सीईओ बाट गत कात्तिक २४ गते करारअवधी सकिएर खाली बसेका रमेश कुमार भट्टराई लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ बनेका हुन ।

बजारमा कमजोर रहेको युनाइटेड इन्स्योरेन्सलाई भट्टराईले साँढे २ वर्षमा प्रतिस्प्रधि कम्पनीको रुपमा स्थापित गरेर बाहिरिएका थिए । उनि लुम्बिनी जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारीमा रमेशकुमार भट्टराई नियुक्त भएका हुन ।

बीमा क्षेत्रमा अधिकृत तहबाट प्रवेश गरेका भट्टराईसँग युनाईटेड इन्स्योरेन्स, पुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स गरी २२ वर्ष बीमा काम गरेको अनुभव रहेको छ ।

सन् १९९९ मा यूनाईटेड इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन । लुम्बिनी जनरल इन्स्योरेस्नको डेपुटी सिईओ रहेका रामचन्द्र श्रेष्ठ जनरल इन्स्योरेन्सको कामु सिईओमा गएपछि खाली रहेको ठाउँमा भट्टराई नियुक्त भएका हुन ।

Tags :

प्रतिक्रिया दिनुहोस्