एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साउन ७ गते बसेको संचालक समितिको बैठकले साधारण सभा साउन ३१ गते बोलाएको हो ।

कम्पनीको सभाले संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक गरी ६ जना सञ्चालक चयन गर्नेछ । एकजना स्वतन्त्र विज्ञ सञ्चालक पनि सभाले नै चयन गर्नेछ ।

सभामा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५–७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

साथै सभाले हाल कायम कम्पनीका संस्थापक र सर्वसाधारणको सेयरधनीहरुको सेयर अनुपात ७०ः३० लाई परिमार्जन गरी कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ६०ः४० बनाउन प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्