लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । लक्ष्मी उन्नति कोषको लाभांश सुरक्षित गर्ने आज (साउन १२ गते, मंगलबार) अन्तिम दिन रहेको छ । फण्डको २५ प्रतिशत नगद लाभांश वितरण गर्न साउन १३ गते बुक क्लोज गर्नेछ । त्यसैले आज (साउन १२ गते, मंगलबार) सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कोषले आर्थिक वर्ष २०७७–७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले २५ प्रतिशतका दरले हुने नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्