सिटिजन लाइफमा ६६ जना कर्मचारी आवश्यकता, प्लस टू ले पनि आवेदन दिन पाउने
![](https://www.arthapath.com/wp-content/uploads/2021/08/citizen-life-job-vacancy.jpg)
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागी कर्मचारी मागेको छ । कम्पनीले सातै प्रदेशका लागी ६६ जना कर्मचारी मागेको हो ।
कम्पनीले शाखा र उप–शाखा इन्चार्ज पदका लागी प्रदेश न. १ मा ५ जना, प्रदेश न. २ मा ६ जना, बागमति प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ७ जना, प्रदेश न. ५ मा ११ जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा २–२ जना कर्मचारी मागेको हो । उक्त पदका लागी कम्तिमा स्नातक तह पास भएको हुनुपर्ने छ ।
त्यस्तै, कम्पनीले बजार अधिकृति पदका लागी प्रदेश न. १, प्रदेश न. २, गण्डकी प्रदेश र प्रदेश न. ५ मा २–२ जना, बागमति प्रदेशमा ८ जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १–१ जना कर्मचारी मागेको हो । उक्त पदका लागी प्लस टू पास भएको हुनुपर्नेछ ।
इच्छुक योग्यता पुगेकाले आफ्नो प्रमाणपत्र सहित बायोडाटा भदौ ९ गतेसम्म आवेदन दिनसक्नेछन् ।
![](https://fra1.digitaloceanspaces.com/appharuspace/arthapath/uploads/2021/08/ci-606x768.jpg)