सरकारले गर्यो अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने निर्णय
काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय सरकारले गरेको छ ।आज विहान बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्थानमा रहेका नेपालीहरुको उद्दार गर्नेे निर्णयगरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन ।
अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण भएको छ ।
त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन । यसअघि सरकारले आइतबार अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेर त्यसका लागि अनलाइन फारम भर्ने व्यवस्था समेत गरेको थियो ।













