ढुङ्गानाले व्यक्तिगत लगानीमा बनाए पुल, प्रदेशसभा सदस्य खतिवडाले गरे उद्घाटन
काठमाडौं । तारकेश्वर गाउँपालिका २ तारूकाका समाजसेवी जनकराज ढुङ्गानाले बाबु स्व. युवराज ढुङ्गाना र आमा रोहिणी कुमारी ढुङ्गानाको सम्झनामा पुल निर्माण गरेका छन् ।
ढुङ्गानाले ३ लाख ९० हजार निजी लागतमा तारकेश्वर २ र धादीङ जिल्ला निलकण्ठ ५ खानिखोलामा स्व आमा बुबाको सम्झनामा पुल निर्माण गरेका हुन् ।
उक्त पुलको उद्घाटन एक कार्यक्रमकाविच प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले गरेका छन् । पुल उद्घाटन समाराेहमा बाेल्दैै प्रदेशसभा सदस्य खतिवडाले राज्यकाे ध्यान पुग्न नसक्दा निजी लगानीमा यसरी विकास हुनु स्वागतयाेग्य रहेकाे बताए ।
उद्घघाटन समाराेहमा तारकेश्वर गापा २ का वडाअध्यक्ष सम्मरबहादुर अालेमगरले यस्ता विकासले राज्यका निकायलाई पनि टेवा पुग्ने बताए ।
समाजसेवी तथा शिक्षासेवी ढुङ्गानाले जनताकाे असुविधालाई राज्यले संबाेधन गर्न नसकेपछि व्यक्तिगत लगानीमा पनि विकास गर्न सकिने उदाहरण अाफुले सिद्ध गरेकाे बताए ।