आशा लघुवित्त छैठौं वर्षमा प्रवेश, निक्षेप संकलन १ अर्व ३२ करोड पुग्यो « Arthapath.com
२ असार २०८३, मंगलबार

आशा लघुवित्त छैठौं वर्षमा प्रवेश, निक्षेप संकलन १ अर्व ३२ करोड पुग्यो



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५ औं वर्ष पुरा गरेर छैठौं वर्षमा प्रवेश गरेको छ । लघुवित्त आजबाट ५ औं वर्ष पुरा गरेर छैठौं वर्षमा प्रवेश गरेको हो ।

पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने बताएका छन ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।

लघुवित्तले आफ्ना ५५ वटा शाखा कायालयहरु मार्फत ६५ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै ४ अर्ब भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै १ अर्व ३२ करोड भन्दा बढि निक्षेप संकलन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्