बागमती प्रदेशका १२ सांसदले छाडे नेकपा एमाले, अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार के हाेला ? « Arthapath.com
१५ भाद्र २०७८, मंगलवार

बागमती प्रदेशका १२ सांसदले छाडे नेकपा एमाले, अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार के हाेला ?



काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित ११ जना सासंदले नेकपा एमाले छाडेका छन । उनीहरुले आजै नेकपा एमाले छाडेर माधव नेपालले नेतृत्व गरेका नेकपा एकिकुत समाजवादीको पक्षमा सनाखत गरेका हुन ।

वागमती प्रदेशका १२ जना सांसदले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका माधव नेपाल निकट एक नेताले जानकारी दिएका छन ।

प्रदेश सरकारमा एमालेकाे ५६ जना सांसद रहेकाेमा १२ जनाले माधव नेपालले खाेलेकाे नयाँ पार्टी राेजेपछि ३ साताअघि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यकाे पद गुम्ने खतरा बढेकाे हाे ।

यी हुन नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी रोज्ने सांसदहरु

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. ईन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. रमा आले मगर

११. कुसुमकुमार कार्की

१२ कृष्ण खनाल


प्रतिक्रिया दिनुहोस्