रोजगारीको अवसर : नेपाली सेनाले माग्यो विभिन्न पदका लागि ४ हजार कर्मचारी « Arthapath.com
१८ भाद्र २०७८, शुक्रबार

रोजगारीको अवसर : नेपाली सेनाले माग्यो विभिन्न पदका लागि ४ हजार कर्मचारी



काठमाडौ । नेपाली सेनाले विभिन्न पदका लागि ४ हजार जना कर्मचारी मागेको छ । कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै ४ हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयकाको कार्यरथी विभागका अनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त दिन सक्ने छन ।

जसमा खुलातर्फ २ हजार ९६ जना, कर्तव्य पालनाको शिलशिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्तति १ सय ८ जना, महिला ३ सय ६० जना, आदिवासी/जनजाति ५ सय ७३ जना, मधेसी ५ सय ५ जना , दलित २ सय ७३ जना र पिछडिएको क्षेत्रबाट ८५ जनाको पदपूर्ति गर्न लागेको कार्यरथी विभागले जनाएको छ ।

उक्तसुचनामा बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित रहेको हुनुपर्ने छ । उक्त पदमा १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने छन । फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म तोकिएको छ । त्यसैगरी इच्घुक आवेदकले् कक्षा ८ पास गरेको हुनुपर्ने छ ।आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।

त्यसैगरी पुरुष न्यूनतम ५ फिट २ इन्च उचाई भएको छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा न्यूनतम ३४ इन्च भएको र तौल न्यूनतम ५० केजी हुनुपर्ने छ । भने महिला न्यूनतम ५ फिट उचाई र न्यूनतम ४० केजी तौल हुनुपर्ने उक्त सुचनामा उल्लेख गरिएको छ ।

साथै चस्मा लगाउने महिला वा पुरुषको आँखा माइनस वा प्लस २ भन्दा बढी कमजोर भएको नहुनुपर्ने व्यक्तीले मात्र आवेदन दिन सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्