लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए १८ बुँदे ज्ञापनपत्र, गभर्नरसंग छलफल गरेर बजार सुधारको लागि काम गर्ने आश्वासन « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए १८ बुँदे ज्ञापनपत्र, गभर्नरसंग छलफल गरेर बजार सुधारको लागि काम गर्ने आश्वासन



काठमाडौं । पूँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । समितिले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाललाई १८ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

पूँजी बजार सुधार संघर्ष समितिका सह-संयोजक रोहण कार्कीले गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग सहितको ज्ञापन पत्र बुझाएको जनाकारी दिए।

राष्ट्र बैंकका प्रवक्ता ढकालले गम्भीरता पुर्वक यस विषयलाई लिएको बताएका छन् । उनले गभर्नरसंग छलफल गरेर बजार सुधारको लागि नै राष्ट्र बैंकले काम गर्ने आश्वासन दिएको बताएको सह-संयोजक कार्कीले जनाए। प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमामा केही परिमार्जन हुने आश्वाशन दिएको सह-संयोजक कार्की बताउँछन् । विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि लगानीकर्ताहरुले अघि सारेका छन्।

लगानीकर्ता दिपेन्द्र अग्रवालले आफ्ना माग पूरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म दिउँसो ३ बजेदेखि ५ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) रिले अनसन शुरु गर्ने चेतावनी दिए । भदौ ३० गतेबाट अनिश्चितकालीन आमरण अनसन बस्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्