असोज १ गतेदेखी सबै स्कुल खुल्ने, विद्यालयले कोभिड मापदण्ड पुरा गर्नुपर्ने « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

असोज १ गतेदेखी सबै स्कुल खुल्ने, विद्यालयले कोभिड मापदण्ड पुरा गर्नुपर्ने



काठमाडौँ । स्थानीय प्रशासनले आगामी असोज १ गतेदेखि काठमाडौँ जिल्लाका सबै विद्यालयहरू खुलाउने निर्णय गरेको छ । 


आज सोमबार निजी तथा सरकारी विद्यालयका प्रतिनिधि र स्थानीय प्रशासन सम्मिलित बैठकले असोज १ गते देखी सबै विद्यालय खोल्ने सहमति भएको हो । तर सम्बन्धित विद्यालयले कोरोनाको स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्नेछ । 


काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सहित जिल्ला शिक्षा कार्यालय र काठमाडौँ नगरपालिकाको प्रतिनिधि सम्मिलित बैठकले भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्