ओरियण्टल होटलको साधारणसभा असोज १९ गते, ७ सञ्चालकको निर्वाचन हुने « Arthapath.com
२४ भाद्र २०७८, बिहीबार

ओरियण्टल होटलको साधारणसभा असोज १९ गते, ७ सञ्चालकको निर्वाचन हुने



काठमाडौं । अओरियण्टल होटलले साधारणसभा बोलाएको छ । ओरियण्टल होटलले २४ औँ वार्षिक साधारणसभा असोज १९ गते बोलाएको हो । होटलको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कोरोना भाइरसका कार यस वर्ष लाभांसको प्रस्ताव गर्न नसकेको होटलले बताएको छ ।

होटलको सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको २४ औँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०७८–७९ को लागि हालकै लेखापरिक्षकलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस पटक संस्थापक शेयरधनीहरु समुह ‘क’ बाट ४ जना, साधारण शेयरधनीहरु समुह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने कार्ययोजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्